
कोटेश्वर चोक सुधार्न जापानको ऋण स्वीकृत, बीमा प्राधिकरणका निलम्बित अध्यक्ष ओझा पदमुक्त
सरकारले दुई दिनअघि (भदौ २ गते) बसेको मन्त्रिपरिषद् बैठकका २५ निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
पछिल्लो मन्त्रिपरिषद् बैठकले गरेका दुई निर्णय सार्वजनिक सरोकारमा महत्व राख्ने खालका छन् । काठमाडौँको भित्री चक्रपथमा यात्रा गर्दा कोटेश्वर चोकमा सास्ती ब्यहोर्नु परिरहेको अवस्था हटाउन सरकारले जापान सरकारबाट तीन अर्ब आठ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सकार्ने निर्णय गरेको हो ।
यसैगरीस स्वार्थसमूहको आडभरोसा, उक्साहट र दबाबमा नक्कली कागजात पेश गरी नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्न पुगेको आरोप खेपेका शरद् ओझालाई पनि मन्त्रिपरिषद् बैठकले पदमुक्त गरिदिएको छ ।
ओझाले खराब आचरण प्रदर्शन गरेको, कार्यक्षमता अभाव रहेको र पदीय जिम्मेवारी पालना नगरेको देखिएको मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।
रविले त्यसक्रममा आफूलाई भैरहवा कारागारमा गोलघर भित्रजस्तै राखिएको बताएका थिए । अहिले नख्खुमा आफूलाई धेरै सहज भएको जवाफ रविले दिएको प्रचण्डले बताएका छन्। भैरहवाको बसाइले रविको अवस्था जटिल भएर उनी दुब्लाएको आफूले महसुस गरेको प्रचण्डले सुनाए ।
‘भैरहवामा उहाँको स्वास्थ्य बिग्रिएको रहेछ। तर यहाँ आएपछि सुधार हुँदैछ भन्नुभयो’, प्रचण्डले भने, ‘उहाँ अहिले दुब्लाउनु भएको छ। अनुहार भने राम्रै देखिन्छ।’
लामिछानेलाई गत साउन ३१ गते भैरहवा कारागारबाट अड्डासार गरेर नख्खु कारागार ल्याइएको थियो। बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा उनी २०८१ चैत २५ गतेदेखि भैरहवा कारागारमा थिए ।
रास्वपाले भन्यो- कांग्रेस-एमालेले संकलन गरेको हस्ताक्षर लोकतन्त्रको लागि ठूलो खतरा
प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले संकलन गरेको हस्ताक्षरलाई लोकतन्त्रको लागि निकै ठूलो खतरा भएको ठहर गरेको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकको सुरूवातमा सभामुख देवराज घिमिरेले उपलब्ध गराएको आकस्मिक समयमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले कांग्रेस–एमालेले संकलन गरेको हस्ताक्षरप्रति आपत्ति जनाएउँदै यस्तो बताएका हुन् ।
‘हिजो बालुवाटार र सिंहदरबारमा जुन किसिमको प्रहसन भयो त्यसले सम्मानीत सदनलाई चोट पु¥याएको छ । लोकतन्त्रको विारसत धानेको भनिएकाहरूबाट सार्वभौम संसद्को उपसभामुखजस्तो जिम्मेवार पदलाई जुन तहको अवमूल्यन भएको छ, यो लोकतन्त्रको लागि निकै ठूलो खतरा भएको छ भन्ने रास्वपाको ठम्याइ हो,’ उनले भने ।
प्रमुख सचेतक परियारले कांग्रेसलाई लोकतन्त्रका लागि हार्न तयार भएका संस्थापक नेता बीपी कोइराला र एमलेलाई सामन्तवादको खरो विरोध गर्ने आफ्ना नेता मदन भण्डारीलाई सम्झिन सुझाव पनि दिए ।
पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग सभामुखको शिष्टाचार भेट
सभामुख देवराज घिमिरेले बुधबार सिंहदरबारमा पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलसँग भेट गरेका छन् ।
काठमाडौंमा जारी द हिन्दू कुश हिमालय पार्लियामेन्टेरियन्स मिट–२०२५ मा सहभागी हुन नेपाल आएका पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलसँग सभामुखले शिष्टाचार भेटवार्ता गरेका हुन् ।
पाकिस्तानी सांसद मुनाजा हसनको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई स्वागत गर्दै सभामुखले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध तथा क्षेत्रीय सहकार्यका सम्भावनाबारे चर्चा गरेकी थिइन् ।
भेटमा उनले जलवायु परिवर्तन, दिगो विकास र जनजीविकामा पर्वतीय क्षेत्रले भोगिरहेका चुनौतीहरूलाई साझा एजेण्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिइन् ।
दुर्गम क्षेत्रमा विपद् व्यवस्थापन संयन्त्र सुधार्न सांसद बजगाईँको आग्रह
नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले दुर्गम तथा पहुँचविहीन क्षेत्रमा विपद् व्यवस्थापन र तत्काल सहयोग पुर्याउने संयन्त्र सुधार गरिनुपर्नेमा जोड दिएका छन् ।
सांसद बजगाईंले बुधबार सामाजिक सञ्जाल एक्समा गृहजिल्ला गोर्खाका प्रमुख जिल्ला अधिकारीले देखाएको व्यवहार उदाहरणका रूपमा प्रस्तुत गर्दै विपद् व्यवस्थापन र तत्काल सहयोग पुर्याउने संयन्त्र सुधार गरिनुपर्नेमा जोड दिएका हुन् ।
‘कस्तो सीडीओरु गोर्खाका सीडीओको व्यवहारप्रति गम्भीर आपत्ति, सम्माननीय प्रधानमन्त्रीको ध्यानकृष्टको खातिर,’ उनले गोर्खाका एउटा घटना उल्लेख गर्दै लेखेका छन्,’ ‘म यो घटनाको गम्भीरतालाई हेरेर विशेष गरी दुर्गम तथा पहुँचविहीन क्षेत्रमा विपद् व्यवस्थापन र तत्काल सहयोग पुर्याउने संयन्त्र तत्काल सुधार गरिनुपर्छ भन्ने कुरा जोड दिन चाहन्छु ।’
सांसद बजगाईंले गोर्खाको चुम नुब्री गाउँपालिका वडा नं. २ विही गाउँमा गएको पहिरोसम्बन्धी घटना पनि एक्समा उल्लेख गरेका छन् । स्थानीय राजा लामाले बाटो बगेको पहिरोको तस्बिर र जानकारी दिँदै आपतकालीन सहयोगका लागि अनुरोध गरेपछि आफूले तुरुन्तै गोर्खाका प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गरेको उनको भनाइ छ ।
नेटोका सैन्य प्रमुखले युक्रेनको सुरक्षा प्रत्याभूतिबारे छलफल गर्ने
नेटोका सैन्य प्रमुखहरूले युक्रेनको लागि अन्तिम सुरक्षा सुनिश्चितताको विवरणमा बुधबार छलफल गर्नेगरी कार्यक्रम तय गरेका छन् । सैन्य प्रमुखहरूबीच अन्तिम सुरक्षा सुनिश्चितताको कूटनीतिक प्रयास जारी रहे पनि रुसी सेनाले युक्रेनी थप तीन वस्तीमा सफलता हात पारेको दाबी गरेको छ । युक्रेनी अधिकारीहरूले मस्कोको क्षेप्यास्त्रबाट थप व्यक्तिको मृत्यु भएको बताएका छन् ।

नेटोका ३२ सदस्य राष्ट्रका सैन्य प्रमुखहरूको भर्चुअल बैठकमा हुने भएका केही विवरणहरू चुहावट भएका छन् बैठक बुधबार अपराह्न २ः३० बजे सुरु हुनेछ।
तर मङ्गलबार साँझ नेटोका ‘ज्वाइन्ट चिफ्स अफ स्टाफ’का प्रमुख तथा शीर्ष अमेरिकी अधिकारी डन केनले युरोपेली सेनाका प्रमुखहरूसँग ‘सम्भावित युक्रेन शान्ति सम्झौताका लागि उत्तम विकल्प’ बारे छलफल गरेको एक अमेरिकी रक्षा अधिकारीले एएफपीलाई बताए।