काठमाडौं:अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले गरेको हमलाहरूले “निकै नै क्षति पुर्याइसकेको” र इरानको नेतृत्व तहका “धेरै मानिसहरू” समाप्त भएको बताएका जनाइएको छ।

उक्त टेलिफोन अन्तर्वार्ताका क्रममा ट्रम्पले “हामीहरूलाई सबै नै सकिएका हुन् की भन्ने थाहा छैन तर धेरै जसो बाँकी छैनन्” भनेका बताइएको छ।
उनले इरानमा अर्को चरणमा को नेतृत्वमा आउने छन् भन्ने विषयमा आफूहरूलाई “राम्रो जानकारी रहेको” पनि बताएका छन्।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनेई “नरहेको” जस्तो देखिएको बताएका छन्।
एउटा भिडिओ सम्बोधनका क्रममा उनले गरेको त्यस्तो टिप्पणीको खास अर्थ के हो भन्ने स्पष्ट भएको छैन।
शनिवार विहान तेहरानमाथि भूउपग्रहबाट लिइएका तस्बिरहरूमा इरानी राजधानीमा खामेनेईको कार्यालय रहेको भवन परिसरका केही खण्डमा उल्लेख्य क्षति पुगेको देख्न सकिन्छ।
नेताका तर्फबाट शनिवार कुनै टिप्पणी आएको छैन र उनको अवस्थाका बारेमा कुनै पुष्टि भएको विवरण पनि प्राप्त भएको छैन।
उनको बारेमा उल्लेख गरिएको विवरण थाहा भएको भनेको इरानी विदेशमन्त्री अब्बास अरागचीले एनबीसी न्यूजलाई दिएका अन्तर्वार्तामा हो। उनले त्यसक्रममा आफूलाई थाहा भएसम्म ति इरानी नेता “जीवित” रहेको जानकारी भएको बताएका थिए।